वैकल्पिक सरकार बनाउनु मधेश विरोधी काम होः महन्थ ठाकुर

२७ बैशाख ७८, मंगलबार

२८ वैशाख, विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्।

सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्।

संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति जारी गरेका हुन्।

Advertisement

विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताएका छन्। यस्तो अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत बताएका छन्।

उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मत विभाजन हुँदा पनि ठाकुर समूह तटस्थ बसेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top