देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेसको निर्णय, नेपाल पक्षले पनि सहयोग गर्ने दाबी

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको छ।

Advertisement

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले देउवालाई समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने एक नेताले जानकारी दिए । यस्तै, एमालेकै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि सरकार गठनमा सहयोग गर्ने ती नेताले दाबी गरे ।

Advertisement

राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने कांग्रेसको भनाइ छ। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूलाई समय दिएकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top