हाम्रो एक मात्र विकल्प विद्रोह हो : रामकुमारी झाँक्री

३० बैशाख, काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले आत्मासमर्पणले कम्युनिस्ट आन्दोलनको बिर्सन गर्ने भन्दै संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह भएको बताएकी छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता हुँदै गर्दा नेतृ झाँक्रीले यस्तो बताएकी हुन्। उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलनमा पर्नु नहुनेमा जोड दिएकी छन्।

अध्यक्ष ओलीले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणि गर्ने प्रयास गरेको भन्दै उनले जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि विद्रोह मात्र एक विकल्प भएको बताएकी हुन्।

Advertisement

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ।

जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो विद्रोह’, ट्वीमा झाक्रीले लेखेकी छन्, ‘हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top