देउवा, प्रचण्ड र यादवबीच बुढानिलकण्ठमा छलफल

Share this
749shares

३१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।

Advertisement

सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको हो।

करिब एक घण्टादेखि नेताहरूबीच छलफल जारी रहेको एक जसपा नेताले जानकारी दिएकाक छन् ।

Advertisement

विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउने तयारी गरे पनि बिहीबार असफल भएका थिए।

ओली बिहीबार बेलुकी पुनः प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ ।

Advertisement

गत सोमबार प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिन सकेका थिएनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top