×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

रेलजस्तो कुरा आजको भोलि कुनै जादु होइन, तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ –प्रधानमन्त्री ओली

१० असार २०७५

विराटनगर, असार १०

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छदिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा रासससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।

प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश ः

अत्यन्त व्यस्त भएर नेपाल र नेपालीका लागि लामो समय खटिनुभएको छ, कसरी मिलेको छ यो ऊर्जा ?

धेरै घण्टा काम गर्ने मेरो आदत नै बनेको छ । सत्र÷अठार घण्टा काम गर्दा मलाई त्यस्तो असुविधा हुँदैन ।

चीन सरकारले उच्च सम्मानका साथ यहाँलाई स्वागत ग¥यो, यो सँगै १४ बुँदे संयुक्त विज्ञप्ति जारी भई नै सकेको छ, सारमा यसबाट हामी कत्तिको उत्साहित हुन सक्छौँ ?

स्वाभाविकरुपमा चीन हाम्रो लगत्तैको मित्रराष्ट्र मात्र होइन, एउटा भरपर्दो तथा सधैँको सहयोगी मित्र राष्ट्र हो । कुनै समस्या नभएको मित्रराष्ट्र हो र हामीलाई सहयोग गर्दै आएको मित्रराष्ट्र हो । यसभन्दाअघि सन् २०१६ को मार्चमा मैले चीन भ्रमण गरेका बेला जुन सहमति भएको थियो, जुन संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भएको थियो । त्यस बेलाका कुरा नै ऐतिहासिक कुरा हुन् । नेपाललाई नयाँ युगमा प्रवेश गराउने र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने ती सम्झौता संयुक्त विज्ञप्तिले देखाएका थिए । तीनै सम्झौतालाई आगडि बढाउने र अरु थप समयानुकूल लिने हाम्रा आवश्यकता हुन् । तदअनुसार नै हामीले कुराकानी ग¥यौँ, हामी यथार्थमा आशावादी नहुनुपर्ने कारण नै छैन ।

हामी आशावादी भएका छौँ । हाम्राबीचमा भएका थुप्रै सहमतिहरु र संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छ । सरकारी क्षेत्र र निजी क्षेत्रको लगानी अभिवृद्धि र सरकारी क्षेत्रका सहयोगका पक्षहरु सबै कुरामा हामी अगाडि बढेका छौँ । त्यसमा कोही पनि असन्तुष्ट हुनुपर्ने कारण नै छैन ।

प्रधानमन्त्री ज्यू, यो भ्रमणको सबैभन्दा चासोको विषय रेलमार्गको थियो, बेइजिङमा भएको सहमतिले केरुङ–काठमाडौँ रेलमार्गको सम्भावनालाई कत्तिको बलियो बनाएको छ ?

अवश्य नै यो सर्वेक्षण गरिनसकेको विषय हो । अहिलेसम्म हाम्रो इच्छामा निर्भर रहेको विषय हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौँसम्म रेल पु¥याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो । अहिलेको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो ।

यसमा मानिसहरु अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर हामीले इनल्याण्ड वाटरवेज (आन्तरिक जलमार्ग) को कुरा गर्दा, नदीको बाटोबाट पानीजहाज चलाउँदा पनि अनौठो माने मान्छेले, तर हामी काम गर्दैछौँ र हामी छिटो नै शुरु गर्दैछौँ । हामीले बन्दरगाह चलाउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा पनि अनौठो माने । हामीले वैकल्पिक मार्गहरु र पारवहनको बन्दोबस्त गर्छौँ भन्दा अनौठो माने । अरु कतिपय हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने, तर यो अनौठो मान्नुपर्ने कुरा होइन ।

अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपाल? त्यसैले मैले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको हो । त्यो अकारण छैन । त्यसैअन्तर्गत हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन । पूर्व–पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौँ–पोखरा जाने रेलको कुरा, काठमाडौँ उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थालकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौँ–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी (सम्पर्क सञ्जाल) हो । सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरु अगाडि बढाउने अवधारणामा हामी गएका छौँ ।

नेपाली कार्गो ट्रान्सपोर्टका लागि बेइजिङमा सहमति भएको र त्यसको लगत्तै प्रधानमन्त्रीज्यूसंग तिब्बतको सरकारका प्रमुखले पनि भेटवार्ता गर्नुभयो । त्यो सहमति र भेटवार्तालाई एकै ठाउँमा राखेर हेर्दा अब नेपालीले कस्तो लाभ लिन सक्छन् ?

त्यो सहमति भएको छ । हामीलाई हाम्रै उत्तरी भेगमा एक ठाउँबाट अर्को स्थानमा पु¥याउनका लागि धेरै ठूलो समस्या थियो । अथवा, उत्तरी भू–भागको एक ठाउँबाट अर्को भू–भागमा जान मात्र होइन कि, औषधि पु¥याउनु परेमा, राहत तथा उद्धारका सामग्री पु¥याउनु परेमा, महामारीको बेलामा आवश्यक सामग्री पु¥याउनु परेमा, त्यस्ता बेलामा सामान पु¥याउन अप्ठ्यारो थियो । त्यस्तो बेलामा अस्थायीरुपमा आग्रह गरेर तिब्बती राजमार्ग प्रयोग गर्ने गथ्र्यौं । जतिबेला समस्या पर्छ त्यतिबेला काम शुरु गथ्र्यौँ । अब त्यो अवस्था अन्त्य भएको छ । हामीले तत् सम्बन्धमा चीनको तिब्बतको राजमार्गलाई प्रयोग गर्न सक्ने र उत्तरी भेगको कुनै पनि भेगमा हामीले सामान पु¥याउन सक्ने भएका छौँ । धैरै अनुकूलता भएको छ । अब तिब्बत सरकारका प्रमुखसँग मैले दुईपल्ट कुरा गर्दा उहाँहरु यसमा अत्यन्त सकारात्मक हुनुहुन्छ । उहाँहरुको भावना सकारात्मक छ । उहाँहरुको सहयोग सकारात्मक ढंगले सहयोगी भावनाका साथ अगाडि बढ्छ ।

यहाँले पटकपटक भन्दै आउनुभएको परियोजना भन्दा ठूलो मित्रता हो भनेर मित्रताको कसीलाई हेर्दा यो भ्र्रमणले दुई देशबीचको सम्बन्धको उचाइलाई कहाँ पु¥याएको छ, यसलाई कसरी लिनुभएको छ ?

यो त असाधारण छ, अपूर्व छ । सन् २०१६ को सहमति र संयुक्त विज्ञप्ति असाधारण थियो । त्यसै गरेर यसले त्यसैलाई अझ अगाडि बढाएको छ । असाधारण छ, यो अभूतपूर्व छ ।

यहाँको सक्षम नेतृत्वमा देशले बहुआयामिक ढोका खोल्दैछ, नेपाल–चीन र नेपाल–भारतका विषयमा जति पनि कुरा आएका छन्, असल छिमेकीको सम्बन्ध राखेर जानुपर्ने अवस्थामा चीनका राष्ट्रपति सीसँग आधाघण्टाभन्दा बढी समय व्यक्तिगत वार्ता गर्नुभयो । के नयाँ युगमा नयाँ दृष्टिकोण बन्दै गएको हो भन्न सकिन्छ ?

अवश्य नै, चिनियाँ राष्ट्रपतिज्यूसँग मेरो ३५–४० मिनेट व्यक्तिगत कुराकानी भयो । त्यसपछि ३५–४० मिनेट जति समूहमा कुरा भए । त्यसपछि सम्माननीय प्रधानमन्त्री लि खछ्याङसँग एक घण्टा वार्तास्थलमा कुराकानी भयो । एक घण्टाभन्दा बढी व्यक्तिगतरुपमा कुराकानी भए । त्यसले सम्बन्धलाई बहुआयामिक ढंगले सुदृढ गर्न बहुतै महत्वपूर्ण भूमिका खेलेको छ ।

यतिबेला म भन्न चाहन्छु, नेपालले कुनै हल्काफुल्का क्षणिक कूटनीति गर्न चाहेको छैन, गरिरहेको छैन, गर्न चाहिरहेको छैन । कसैले कार्ड प्रयोग गर्ने भन्ने शब्दावली प्रयोग गर्छन्, उत्तरी कार्ड, दक्षिणी कार्ड भन्ने प्रयोग गर्छन् । हामी कार्ड प्रयोग गर्ने होइन, मित्रता अगाडि बढाउन चाहन्छाैँ, दुवै छिमेकीसँग । यसभित्र कुनै कार्ड खेल्न खोजिने हाम्रो मनसाय हुन पनि सक्दैन, छँदा पनि छैन । र, हामी त्यस्ता कुरामा विश्वास गर्दैनौँ । हामी मित्रतामा विश्वास गर्छौं । हाम्रो मित्रता र हामी हाम्रा छिमेकीसँग पनि मित्रता अभिवृद्धिका लागि हाम्रो मित्रता उपयोग हुन सकोस् । हामी अरुको मित्रतामा सहयोगी हुन सकूँ, त्यो भूमिका खेल्न सकूँ भन्ने चाहन्छौँ ।

अन्तमा, चीन भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारतको भ्रमण गर्नुभयो, जनता व्यग्र प्रतीक्षामा छन् । चीन भ्रमणको स्पष्ट सन्देश के हो ?

व्यावहारिकरुपमा त मैले भारत भ्रमण गरेँ । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नुभयो । त्यसपछि फटाफट काम हुन थाल्यो । त्यो व्यवहारमा देखिएको छ । चीन भ्रमणका उपलब्धि पनि क्रमशः देखिँदै जानेछन् । रेलजस्तो कुरा आजको भोलि कुनै जादु होइन, तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ । प्रक्रिया शुरु हुन्छ । विभिन्न जलविद्युत् आयोजना, औद्योगिक पार्कहरु र उद्योगहरु तथा सहयोगका क्षेत्रहरु विस्तार हुन्छन्, काम शुरु हुन्छ । र, द्रूतगतिले काम शुरु हुन्छ । त्यसैले यी सबै कुरा प्रमाणित हुन्छ ।

मानिसहरु सोचिरहेका हुन्थे, कूटनीति भनेको नबोल्नु, चुप लाग्नु हो । कतिले जे गरेपनि सहनुलाई कूटनीति ठान्ने, कतिले एकतिर ढल्कनुलाई कूटनीति ठान्ने र कतिले चिप्ला कुरालाई कूटनीति ठान्ने होइन, हामी त राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर न्यायोचित कुरालाई केन्द्रमा राखेर, अन्तर्राष्ट्रिय कानून र अब्लिगेसन (प्रतिवध्दता) लाई केन्द्रमा राखेर न्यायोचित ढंगले अगाडि बढ्छौँ । र, मैत्रीभावलाई सबैभन्दा मुख्य स्थानमा राखेर अगाडि बढ्छौँ भने हाम्रा नीतिहरु ठीक छन्, सही छन् । हामी यी नीतिमा सफलताकासाथ अगाडि बढेका छौँ, जो व्यवहारले देखाएको छ ।
रासस

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top