×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

१० असार २०७५

रियाद, असार १०

साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् ।

Advertisement
Advertisement

शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ ।

महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो ।

साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रुपमा लिएका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीबादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए।

सवारी साधन चलाउने अनुमती पाएसँगै राजधानी रियाद सहितका प्रमुख शहरहरुमा महिलाहरुले विहानैदेखि सवारी साधन चलाउन थालेका छन् ।

“मलाई यो दिन आउछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,” एकजना कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भने ।

उनको थप भनाई थियो– मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु ।

झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो ।

महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो ।

महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए ।

अनुमती नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए ।

साउदीको विद्यमान कानूनअनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधनगरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ ।

संयुक्तराज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् ।

उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाहरुले जनाएका छन् ।

रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top