×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोगभन्दा भोकको पिरलो

२ जेष्ठ २०७८

२, जेष्ठ, म्याग्दी ।
गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरू स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ कोरोना सङ्क्रमण फैलँदै गएको भए पनि काम नगरी नहुने बाध्यता भएकाले सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन् ।

Advertisement
Advertisement

अहिले गाउँमा मकै गोड्ने, धानको बिउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका– २ बगरफाँटकी सावित्रा शाहले बताइन् ।

दुःख नगरी खान नसकिने भएकाले सुरक्षित रहँदै खेतीपातीमा जुटेको कृषकहरूको भनाइ छ । रोगभन्दा भोक टार्न समस्या हुने भएकोले जोखिम भए पनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ छ ।

रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि १ खबराका कृषक चन्द्रबहादुर कार्कीले भने, गत वर्ष पनि खेती लगाउने बेलामै कोरोनाले दुःख दिएको थियो, यस वर्ष पनि यस्तै भयो, कोरोनासँग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।

शाह र कार्की मात्र होइन अहिले धेरै कृषकहरू खेतबारीमा व्यस्त छन । मानो रोपेर मुरी फलाउने बेला हुँदैछ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ, मङ्गला गाउँपालिका– ३ का कृषक युमाकान्त सापकोटाले भने, गाउँमा भनेजति खेतालो पनि पाइन्नन्, अर्मपर्म नगरी खेती लगाउनै सकिँदैन ।

वर्षाको खेती मौसम सुरु भएसँगै बजारबासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कोरोना महामारीको वास्तै नगरी धान, कोदोको बिउ राख्न र मकै गोड्न यहाँका कृषकहरु व्यस्त छन् ।

कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझ बिहानै व्यस्त बनेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको मौसम सुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धौलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए ।

खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाई तथा रोग र किराको प्रकोपमा हटेपछि गत वर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

१ लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुरूामा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशत जनता व्यावसायिकरूपमा नै कृषि पेसा अँगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

Advertisement

गोठेमलको प्रयोग र यस वर्ष पर्याप्त वर्षाले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । सरकारले महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन लगाए पनि समयमा नै मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।(रासस)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top