१३ घण्टाको अवधिमा विराटनगरमा थप १२ संक्रमितको मृत्यु

२ जेष्ठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका विभिन्‍न अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ४ बजेसम्‍म यी संक्रमितहरुको मृत्‍यु भएको छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २६ गते ल्याइएको थियो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको हो । मृतकलाई वैशाख ३१ गते भर्ना गरिएको थियो ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।

सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४ः३० बजे मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित वृद्धको शनिबार दिउँसो ३ः१५ बजे मृत्यु भएको हो ।

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु भएको हो । वृद्धलाई शनिबार दिउँसो भर्ना गरिएको थियो ।

यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ ।

यस्तै कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०ः२० बजे मृत्यु भएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top