×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मदन‍-आश्रित स्मृति दिवसमा नेपालले भने: ‘दासढुंगा घटनाको यथार्थ पत्ता लगाइयोस्’

३ जेष्ठ २०७८

३ जेठ, काठमाडौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन हुने गरी भएको दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन्।

Advertisement

२८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एक विज्ञप्ती जारी गरी नेता नेपालले दासढुङ्गा घटना झनै रहस्यमय भएको भन्दै यसको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ ।’ उनले भनेका छन्, ‘त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

यसअघि नेता नेपालले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउनको निम्ति महासचिव भण्डारीको महत्वपूर्ण भूमिका र पार्टीको संगठन विस्तारमा आश्रितको योगदानबारे पनि स्मरण गरेका छन् ।

यतिबेला आफ्नो पार्टी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थिति सिर्जना भएको उल्लेख गर्दै नेता नेपालले जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट कसैलाई नभएको पनि बताएका छन्।

‘यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेका छौं ।’ उनले भनेका छन्, ‘यो बेला हामी माथि प्रश्न छ, ‘के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ?’ हामी माथि प्रश्न छ,

‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं ?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ ।

Advertisement

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन ।’

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top