भूमि सुशासनसम्बन्धी ‘मोबाइल एप्लिकेसन’को शुरुआत

९ असार ७५, आइतबार

काठमाडौँ, असार १०

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गरेकेा यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र, सेवाग्राहीले सेवा लिँदा पेश गर्ने निवेदनका ढाँचा, सम्बन्धित नीति नियम र कानूनबारे जानकारी, भूमि शब्दकोष, नापी क्यालकुलेटरलगायत सुविधा समेटिएका छन् ।

Advertisement

सो अवसरमा मन्त्री खनालले मन्त्रालयले जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी गुनासा सम्बोधन गर्न आफू क्रियाशील रहेको बताए । एप्लिकेसन सानो शुरुआत भए पनि सेवाग्राहीका लागि महत्वपूर्ण रहने उनको भनाइ छ ।

उनले भने, “सेवाग्राहीले जतिबेला जहाँ चाहे पनि सेवा लिनसक्ने र सरकारले जसलाई जतिखेर जाँच गर्न सक्ने व्यवस्था आवश्यक छ ।” अरु क्षेत्रभन्दा भूमि क्षेत्रमा बढी समस्या देखिएको भन्दै उनले नापीमा हाल रहेको व्यस्थामा सुधार जरुरी रहेको आैँल्याए ।

Advertisement

कार्यक्रममा राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनालीलगायत उपस्थित थिए भने मन्त्रालयका सहसचिव जनकराज जोशी एप्लिकेसनका बारेमा जानकारी गराएका थिए।

उक्त एप्लिकेसन स्मार्ट मोबाइल फोनमा ‘डाउनलोड’ गरेपछि इन्टरनेट नभए पनि चलाउन सकिन्छ । यो एप्लिकेसनका जानकारीले सेवाग्राहीलाई नापी तथा मालपोतका सेवामा सहजता ल्याउने र यस कार्यका लागि मध्यस्तकर्ताको आवश्यकतासमेत नपर्ने विश्वास लिइएको छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top