एक क्विन्टल गाँजा बरामद, ३ जना पक्राउ

३ जेठ ७८, मंगलबार

४ जेठ, मकवानपुर ।

एक क्विन्टल अवैध लागूऔषध गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना२ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो ।

Advertisement

तत्पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top