कोरोनाबाट बुटवलमा एक पत्रकारसहित सातजनाको मृत्यु

४ जेठ ७८, बुधबार

५ जेष्ठ, बुटवल ।
कोरोना सङ्क्रमणबाट बुटवलमा एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ ।

गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको पनि आज मृत्यु भएको हो ।

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top