×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

गाजाको पुनर्निर्माण गर्न इजिप्टले ५० करोड डलर दिने

५ जेष्ठ २०७८

५ जेष्ठ, एजेन्सी ।
इजरायली सेनाको आक्रमणमा ध्वस्त भएका गाजास्थित प्यालेस्टिनी संरचनाको पुनर्निर्माणमा इजिप्टले सहयोग गर्ने भएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजाको पुनर्निर्माणका लागि ५ सय मिलियन अमेरिकी डलर(करिब ५८ अर्ब ३५ करोड नेपाली रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

पेरिसमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि राष्ट्रपति सिसीले गाजाको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन् । उनले पुनर्निर्माणमा इजिप्टका कम्पनी सहभागी हुने पनि बताए ।

हमासका प्रमुख इस्माइल हनैयाले राष्ट्रपति सिसीले प्यालेस्टाइनको हितमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पछिल्लो समय इजिप्टले हमाससँग सम्बन्ध बढाइरहेको छ ।

सन् २०१७ मा हनैया आफ्नो प्रतिद्वन्द्वी समूह फतहसँग वार्ता गर्नका लागि इजिप्ट गएका थिए । उक्त वार्ताको मध्यस्थता इजिप्टले नै गरेको थियो । ९ दिनदेखि जारी हिंसा अझै पनि रोकिने संकेत देखिएको छैन ।

इजरायली सेनाको आक्रमणमा गाजामा करिब ४ सय ५० भवन ध्वस्त भएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै ६ वटा अस्पताल र ९ वटा प्राथमिक उपचार केन्द्रका साथै केही विद्यालय पनि ध्वस्त भएका छन् ।

त्यस्तै संयुक्त राष्ट्र संघका अनुसार ५२ हजारभन्दा बढी घरबारविहीन भएका छन् । उनीहरुलेमध्ये धेरै संयुक्त राष्ट्रसंघले चलाएका विद्यायलयमा शरण लिइरहेका छन् ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा १०० बालबालिका र महिलासहित २ सय १५ जनाको मृत्यु भएको छ । त्यस्तै इजरायलतर्फ २ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलबार कम्तीमा १ सय ५० हमास विद्रोही मारिएको दाबी गरेको छ । यसको आधिकारिक रुपमा भने पुष्टि भएको छ । यसबारेमा हमासले केही पनि जानकारी दिएको छैन ।

मंगलबारसम्म हमासले इजरायलतर्फ करिब ३ हजार ३ सय रकेट प्रहार गरेको बताइएको छ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ९ दिनको आक्रमणले हमासलाई ‘धेरै वर्ष पूर्वको अवस्था’ मा पुर्‍याएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले संघर्षविरामका लागि आग्रह गरे पनि दुवै पक्षले त्यसलाई बेवास्ता गर्दै आक्रमणलाई निरन्तरता दिइरहेका छन् । गाजा क्षेत्रमा भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो ।

यसको सुरुवात पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ ।

यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो ।

सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा गत सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन ।

प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ ।

Advertisement

सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top