प्रधानमन्त्री ओलीद्वारा नै मौन अवधिको उल्लङ्घन

५ जेठ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लङ्घन गरेका छन् ।

बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।

Advertisement

तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीको अपिल पत्रलाई उहाँका सल्लाहकारहरूले नै सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

अपिलमार्फत प्रधानमन्त्रीले भोट माग्दा निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लङ्घन भएको देखिएको छ ।

Advertisement

निर्वाचन आयोगले बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि मिति २०७८ जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ ।

यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा उल्लिखित आचरणहरू पालना गर्न गराउनका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top