श्रीमतीको हत्या आरोपमा श्रीमानसहित ४ जना पक्राउ

Person in handcuffs

५ जेठ, मोरङ ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

रंगेली नगरपालिका–३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेपश्चात ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।