लमजुङ भूकम्प : भत्किएका घर गण्डकी प्रदेश सरकारले बनाइदिने

Share this
707shares

६ जेठ, लमजुङ ।

Advertisement

लमजुङमा भूकम्पका कारण दुई सयभन्दा बढी घरमा क्षति पुगेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदी भुलभुले आसपास केन्द्रविन्दु भएर हिजो (बुधवार) बिहान ५ः४२ मा गएको

भूकम्पका साथै त्यसपछिका परकम्पका कारण दुई सय ६५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीले जानकारी दिए ।

Advertisement

‘दुई सय ६५ घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको विवरण प्राप्त भएको छ । घरहरू चर्किएका, भत्किएका छन् । परकम्प आइरहेकाले ती घर बस्नका लागि जोखिम रहेका छन्’, प्रहरी निरीक्षक रेग्मीले बताए ।

भूकम्पका कारण यहाँका ६ जना घाइते भएका थिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भूकम्पका कारण विशेषगरी मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका र दोर्दी गाउँपालिका क्षेत्रमा क्षति पुगेको छ ।

Advertisement

यी पालिकाका ग्रामीण क्षेत्रमा रहेका कच्ची घरमा बढी क्षति पुगेको हो । अहिले पनि लमजुङमा भूकम्पको क्षति विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण भत्किएका घर निर्माणमा गण्डकी प्रदेश सरकार छिटोभन्दा छिटो लाग्ने मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिबद्धता व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन्, ‘भूकम्पका कारण भत्किएका घर निर्माणमा गण्डकी प्रदेश सरकार छिटोभन्दा छिटो लाग्न प्रतिबद्ध छ ।’

उनले भूकम्पका कारण थुप्रै घाइते भएकाले आफूलाई चोट महसुस भएको बताउँदै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे ।

तत्कालको राहतका लागि लमजुङमा प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको र सङ्घ सरकारबाट पनि ५० थान त्रिपाल पुगेको मुख्यमन्त्री गुरुङले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top