×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने माओवादी केन्द्रको निर्णय

६ जेष्ठ २०७८

६ जेठ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र तीन लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement

बिहीवार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रले पाँच दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी शुक्रवार (भोलि) पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताए ।

भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष प्रचण्ड लगायतका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमता वृद्धि, कोभिड सङ्क्रमितलाई आवश्यक बेडको वृद्धि र आइसोलेशन, आईसीयू, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

Advertisement

कोभिड १९ विरुद्ध अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top