६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृतकमध्ये ७ जना कास्कीका, ५ जना नवलपरासी पूर्वका, ४ जना स्याङजाका, २÷२ जना गोरखा र बागलुङका तथा १ जना तनहुँका छन् ।