भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना

७ जेठ ७८, शुक्रबार

७ जेठ, बाँके ।

Advertisement

नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ ।

अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन सुरु गरेको छ ।

Advertisement

बिहानको छाकमात्रै २० रुपैयाँमा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन सुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गएको कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन सुरु गरेको थियोे । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top