संविधान संशोधन गर्न सरकारद्वारा पाँच सदस्सीय कार्यदल गठन

Share this
765shares

७ जेष्ठ, काठमाडौँ । सरकारले संविधान संशोधन गर्न पाँच जनाको कार्यदल बनाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको हो।

Advertisement

उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।

मन्त्रिपरिषदबाट भएको निर्णयबारे आफूहरूलाई विस्तृत कार्यादेश आइनसकेको कार्यदल सदस्य अग्नि खरेलले जानकारी दिए।

Advertisement

यसअघि बिहीबारै बसेको मन्त्रिपरिषद् बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता लिन मिल्ने अध्यादेश ल्याएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top