राष्ट्रपति कार्यालयले सांसदको हस्ताक्षर अध्ययन गर्दै, आज निर्णय हुने सम्भावना कम

Share this
759shares

७ जेठ, काठमाडौं ।

Advertisement

नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले एक सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् ।

Advertisement

यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक सय ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् तर दुवै पक्षले बहुमत दाबी गरेपछि राष्ट्रपति कार्यालयले अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ ।

एमालेका केही सांसद र जसपाका केही सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् । दुवै पक्षले सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ ।

Advertisement

‘हामीले अध्ययन गर्नैपर्ने देखियो, केही सांसदको गुनासो आएको छ, आवश्यक परे कानुनी परामर्श र बाटो पनि लिन्छौँ’, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने । कसको बहुमत जुट्यो भन्ने निर्णय आज आउने सम्भावना निकै कम रहेको ढकालको भनाइ छ ।

प्रतिपक्षी दलका नेताहरू पनि अहिले शीतल निवासबाट बाहिरिन थालेका छन् । प्रधानमन्त्री ओली यसअघि नै बाहिरिइ सक्नुभएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top