८ जेठ, एजेन्सी ।
युरोपेली सङ्घ (ईयू)ले थोरै तथा मध्यम आय भएका देशहरुमा दश करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको महामारीमा परेका देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने सङ्घले जनाएको हो ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्य सम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताए ।
विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए ।