शपथको ब्यहोरामा ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइयो

८ जेठ, काठमाडौं ।

सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको ब्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गरेकी थिइन् ।

Advertisement

राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भनेकी थिइन् । त्यसको एक हप्तापछि बिहीवारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम ‘शपथ सम्बन्धी अध्यादेश–२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको ब्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ ।

Advertisement

यसअघिको शपथको ब्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शब्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ । त्यस्तै ‘मुलुक र जनताको सोझो चिताइ’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताइ’ भन्ने थपिएको छ ।

शुक्रवार राजपत्रमा प्रकाशित अध्यादेश अनुसार शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोसाक अनिवार्य गरिएको छ ।

तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोसाकमा पनि शपथ लिन सकिने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top