अमेरिकाबाट आइपुग्यो स्वास्थ्य सामग्री, भोलि १ हजार अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने

७ जेठ ७८, शनिबार

८ जेठ, काठमाडौं ।

कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो । भोली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार आक्सिजनका सिलिण्डर हस्तान्तरण गर्ने पनि यूएसएआईडीले जनाएको छ ।

Advertisement

आउँदो दुई दिनभित्र अमेरिकाबाट थप स्वास्थ्य सामग्री आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको लडाइका लागि यो आपतकालीन सहयोग गरेकोे छ ।

यसअघि एक सय थान भेन्टिलेटर, कोरोना परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

यस्तै आजै स्वीट्जरल्यान्डले पठाएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण भएको थियो ।

स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले कोरोना संकटसँग लड्न ४० वटा भेन्टिलेटर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ११ लाख ¥यापिड एन्टिजेन किटस् लगायत स्वास्थ्य साम्रगी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top