कोरोना भाइरस : भारतीय भेरियन्ट नभन्न सामाजिक सञ्जाल कम्पनीहरुलाई भारतको निर्देशन

९ जेठ ७८, आइतबार
Share this
728shares

९ जेठ, काठमाडौं ।

Advertisement

भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

Advertisement

कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ ।

अघिल्लो महिना भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो ।

Advertisement

यसैबीच भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार सात सयमा सङ्क्रमण देखिएको र तीन हजार सात सय ८८ जनाको सङ्क्रमणका कारण ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top