९ जेष्ठ, मोरङ । पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका छन् ।
शनिबार बेलुका ६ बजे कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरीले स्थानियको सहयोगमा खोजतलास गर्दा आज बिहान १० बजे पाण्डेको मृत अबस्थामा लाश फेला परेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।