इटहरी उपमहानगरले ल्यायो ८१ करोड ८६ लाखको बजेट

इटहरी उपमहानगरले ल्यायो ८१ करोड ८६ लाखको बजेट

विराटनगर,असार ११
इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७४र७५ मा ८० करोडको बजेटको आकार ७० प्रतिशतले बढेको हो । चालुृतर्फ ३४ करोड ५९ लाख र पुँजीगततर्फ ६३ करोड ८० लाख तथा वित्तीय व्यवस्थातर्फ ३५ लाख रुपैया खर्च अनुमान गरिएकोछ ।

सोको लागि संघीय सरकारबाट २८ करोड ३१ लाख रुपैया अनुदान, सशर्त अनुदानबाट ३० करोड ३६ लाख, राजश्वबाट १४ करोड ८३ लाख, प्रदेश सरकारबाट ६० लाख, सशर्त अनुदानबाट १ करोड, आन्तरिक आयबाट ३२ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

अपुग ६ करोड ५ लाख रुपैया नगर विकास कोषबाट ऋण लिने योजना छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको बजेट वक्तव्यमा इटहरीमा सार्वजनिक सभाहल, व्यवस्थित ढल निकास, सार्वजनिक शौचालय तथा पार्किङको व्यवस्था लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

यस्तै फोहोर मैला व्यवस्थापन, जनशक्ति विकास, आधुनिक कृषि बजार स्थापना गरिने उल्लेख छ । बजेटले इटहरीमा रात्रिकालिन नमुना बजार स्थापना गर्ने उल्लेख गरेको छ । जसको लागि ४० लाख रुपैया छुट्याइएको छ ।

इटहरीमा रात्री बजारको आवश्यकता महसुस भइरहँदा प्रहरीले साँझ नपर्दै बजार बन्द गर्ने काम गरिरहँदा बजेटमै रात्रिकालिन बजारको व्यवस्था गर्ने उल्लेख गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.