एमाले औपचारिक रूपमै विभाजनतर्फ

११ जेठ, काठमाडौँ ।

सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ ।

सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए ।

Advertisement

उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन ग¥यो। यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो।

‘अब औपचारिक घोषणा हुन मात्रै बाँकी छ, एमाले विभाजन भइसक्यो,’ एमालेका एक नेताले भने, ‘केही दिनमै नयाँ पार्टी गठन हुनेछ।’एमाले स्थायी कमिटी बैठकले नेपाल, खनालसहित ११ नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्कासन गरेको छ।

निष्कासन गरिएका अन्य नेताहरूमा भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरु छन्।

शनिबार मात्रै उनीहरूलाई पार्टी हितविपरीत काम गरेको भनी तीन दिनभित्र जबाफ दिन भन्दै स्पष्टीकरण सोधिएको थियो। तर उनीहरू ११ जनाले नै कुनै पनि प्रकारको जबाफ दिएनन्।

सोही बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ एमाले सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

ती सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, झलनाथ खनाल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, नारायण खतिवडा रहेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी र राजबहादुर विष्टलाई भन स्पष्टीकरण सोधिएको छैन

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top