स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा

१० जेठ ७८, मंगलबार

११ जेठ, काठमाडौं ।

सरकारले स्वास्थ्य सामग्री खरिद गर्न थप १२ अस्पतालमा रकम निकासा गरेको छ । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न रकम निकासा भएको हो ।

अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याङ्क, एचडीयू जडान र पीसीआर मेसिन खरिद लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको हो ।

Advertisement

त्रिवि शिक्षण अस्पतालका लागि ८० लाख, सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौताराका लागि ७५ लाख, जिल्ला अस्पताल दैलेखमा ७५ लाख, जिल्ला अस्पताल धनकुटामा ७५ लाख, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरका लागि ७५ लाख, जिल्ला अस्पताल इलाममा ७५ लाख रुपैयाँ निकासा भएको हो।

यस्तै जिल्ला अस्पताल सङ्खुवासभामा ८० लाख, रामेछाप अस्पतालमा ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिममा ७५ लाख, टिकापुर अस्पताल कैलालीमा ७५ लाख, ओखलढुङ्गा अस्पतालमा २५ लाख र तनहुँको व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ निकासा भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माग अनुसार अर्थ मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top