एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिममा अर्को सरकार बन्न कठिन हुने

१० जेठ ७८, मंगलबार

११ जेठ, काठमाडौं ।

नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ ।

हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ । तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ ।

Advertisement

सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् ।

यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवेश गरेकाले जम्मा १३ जना सांसद रहेका छन् । मुख्यमन्त्री पद जोगाइरहन त्रिलोचन भट्टलाई अब १४ जना सांसदको आवश्यकता रहेको छ ।

Advertisement

उनले कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सदस्यको साथ लिएर बहुमत जुटाउन सक्नुहुन्छ तर जसपाकी प्रदेशसभा सदस्य मालामती राना थारु महन्थ ठाकुर पक्षमा रहेकाले भट्टलाई साथ दिनेमा शङ्का रहेको छ ।

बहुमतको लागि एमालेलाई थप तीन जना प्रदेशसभा सदस्य आवश्यक पर्ने देखिएको छ तर उसलाई पनि बहुमत जुटाउन सकस देखिन्छ ।

एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने र नयाँ सरकार बन्न पनि कठिन हुने भएपछि केन्द्रमा जस्तै अन्योलको अवस्था देखिने सम्भावना बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top