युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

११ जेठ, एजेन्सी ।

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।

ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड–१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् ।

नेताहरुले कोभिड–१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् ।

उनीहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कोभाक्स मार्फत न्यून एवं मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने योजना छ ।

तर विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भारतमा कोभिड–१९ संक्रमण तिब्र रुपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभाक्सको कार्यक्रममा असर परेको थियो ।

संयुक्तराज्य अमेरिका, बेलायत र इजरायलमा ठूलो संख्यामा खोप दिइए पनि अन्य युरोपेली मुलुकमा खोप लगाउनेक्रम ज्यादै सुस्त भएको भन्दै आलोचना भए पनि अहिले युनियनमा आबद्ध मुलुकमा खोप लगाउने कार्यमा व्यापक प्रगति भएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनले आगामी मे महिनाभित्रै युरोपेली मुलुकमा ३० करोड डोज खोप उपलब्ध हुने जानकारी गराएकी थिइन्। यस खोपबाट युनियनमा आबद्ध मुलुकका करिब ४५ करोड जनसंख्यामध्ये करिब ४६ प्रतिशतलाई कम्तीमा एक डोज खोप दिन पुग्नेछ ।

पश्चिमा मुलुकमा खोप अभियान तिब्र गतिमा अगाडि बढे पनि कमजोर मुलुकहरुमा खोपको उपलब्धता ज्यादै न्यून छ । गत साता रोममा आयोजित स्वास्थ्य सम्मेलनमा इटालीका प्रधानमन्त्री मारियो ड्रागीले विश्वका १८० मुलुकमा करिब डेढ अर्ब डोज खोप दिइएको जानकारी गराएका थिए ।

उक्त खोपमध्ये न्यून आय भएका मुलुकमा ०।३ प्रतिशत खोप दिइएको छ जबकी विकसित मुलुकमा झण्डै ८५ प्रतिशतलाई खोप दिइएको छ ।

कमजोर राष्ट्रहरुलाई खोप अनुदानमा दिइनुका साथै युरोपेली नेताहरुले स्थानीय स्तरमै खोप उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top