रणनीति बनाउँदै विपक्षी गठबन्धन

१२ जेठ, काठमाडौं ।

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्।

प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

Advertisement

त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीच छलफल भएको थियो।

Advertisement

संसदीय प्रणालीअनुसारका प्रस्ताव अस्वीकृत हुँदै जाँदा संविधान र व्यवस्थामाथि नै खतरा बढेकाले तिनको रक्षाका लागि न्यायिक लडाइँ कसरी अझ व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय संविधानविपरीत भएको दाबीसहित १ सय ४६ जना सांसद सोमबार सर्वोच्च अदालत पुगेका थिए।

पार्टी सभापति देउवाको नेतृत्वमा अदालत गएको कांग्रेसले आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top