यादव पक्षका ५ सांसदले कित्ता फेरे

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्।

५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ।

Advertisement

यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्।

ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top