जुन १६ मा बाइडेन र पुटिनबीच जेनेभामा भेट हुँदै

१२ जेष्ठ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियन राष्ट्रपति भ्लाद्मिर पुटिनबीच आगामी महिना स्वीट्जरल्यान्डको जेनेभामा भेट हुने तय भएको छ।

Advertisement

दुई देशबीचको विभिन्न मुद्दमा दुई राष्ट्रप्रमुखको यो पहिलो फेस टु फेस भेट हुन लागेको हो। जुन १६ मा जेनेभामा भेट हुने तय भएको ह्वाइट् हाउसले मंगलबार पुष्टि गरेको हो।

पुटिनको पहिलो अन्तर्राष्ट्रिय यात्राका क्रममा बेलायत पनि पुग्नेछन्। त्यहाँ जि सेभेन बैठक तय भएको छ। त्यसैगरी नाटोको बैठकका लागि ब्रसेल्स पनि पुग्नेछन् पुटिन।

Advertisement

बाइडेनका प्रवक्त जेन पस्कीका अनुसार दुई देशको सम्बन्धलाई स्थायित्व राख्ने विषयमा दुई राष्ट्रप्रमुखबीच सम्वाद हुने उल्लेख गरेका छन्।

गत अप्रिलमा बाइडेनले समिटमा भेट्न पुटिनसँग प्रस्ताव गरेका थिए। बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा फरक नीति अपनाएर पुटिनसँग भेट्न चाहन्छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top