×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

कांग्रेसको आरोप– ‘महामारीको आडमा सरकारले राजनीति गर्न खोज्यो’

१२ जेष्ठ २०७८

१२ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसले कोभिड–१९ सङ्क्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नागरिकमा आतङ्क फैलाउने काम गरेको आरोप लगाएको छ ।

Advertisement
Advertisement

बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा बसेको पदाधिकारी बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि सरकारले कोभिड सङ्क्रमणको नाममा नागरिकमा आतङ्क फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सह–महामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताए ।

उनले कोभिड सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए ।

उनले भने , ‘सरकार कोभिड सङ्क्रमणलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । नागरिकमा आतङ्क फैलाउन खोज्दै छ । दुई दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरू गर्दैछ ।

सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँ–गाउँमा पीसीआर परीक्षण गर्ने, सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको छ । यसको घोर भर्त्सना गरेका छौँ ।

कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रित छैन । यो आडमा आफ्नो सत्ता बचाउनका लागि नागरिकमा आतङ्क फैलाउने काममा मात्रै सरकार केन्द्रित छ ।’

महामारीमा नागरिकको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नु भन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवम् भर्त्सना गरेको नेता महतले जानकारी दिए ।

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड सङ्क्रमितहरूको ज्यान गइरहेका तथा दुर्गम क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रूपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुका साथै कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

Advertisement

केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top