एमाले स्थायी कमिटीविरुद्ध प्रदेश, तत्काल सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

१२ जेठ ७८, बुधबार
Share this
808shares

१२ जेठ, काठमाडौं ।

Advertisement

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

Advertisement

कोरोना महामारीको बेला सबै दल जुट्नु पर्ने भएकोले र तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन रहेको अवस्थामा तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको सासंद पूर्णा जोशीले जानकारी दिइन् ।

नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो ।

Advertisement

स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट तत्कालका लागि टरेको छ ।

साथै, दलको बैठकले सबै दलसँग मिलेर कोरोना महामारीविरुद्ध सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। बुधबार बसेको बैठकमा २१ सांसद सहभागी थिए । सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top