बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, काठमाडौं ।

कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।
बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६० थान भेन्टिलेटर तथा १९ हजार २०० आँखारक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यसैगरी नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गर्नुभएको पनि उक्त मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भएका बेग्लाबेग्लै कार्यक्रममा मन्त्री त्रिपाठीले बेलायत र फिनल्यान्ड सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहायताबाट नेपाल–बेलायत र नेपाल र फिनल्यान्डबीचको मैत्री प्रतिबिम्बित भएको बताए ।

Advertisement

दुवै देशका राजदूतले महामारीविरुद्धको नेपालको लडाइँमा केही मात्रामा भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै भविष्यमा पनि सक्दो सहायता गर्ने आश्वासन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top