×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको छ : प्रधानमन्त्री ओली

१६ जेष्ठ २०७८

१६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् ।

Advertisement
Advertisement

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताए ।

उनले नेता माधवकुमार नेपालप्रति इङ्गित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले उनीहरूले देशविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे ।

उनले भने , तिनले खाएको शपथ झुटो हो, तिनका सपथ बेइमानी हो । तिनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तिनले खाएका शपथ सम्झनुहोस् त ।

तिनले कहाँ–कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छ । नेतृत्व तह अनुशासनहिन र अराजकतामा उत्रिन्छ ।

सम्माननीय राष्ट्रपतिज्युकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ । सरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।

राजनीतिक दल र तिनका नेता अनुशासनहीन, अराजक, पार्टी निर्देशन विपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताए ।

Advertisement

उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए । उनले पछिल्लो समय नेपाली राजनीतिमा स्याडिस प्रवृत्तिको बिगबिगी देखिएको टिप्पणी गरे ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top