अर्थमन्त्रीको प्रश्न : महामारीसँग लड्नुपर्ने छ अनि कामचलाउ बजेट ल्याउनु जायज हुन्थ्यो ?

१६ काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट संवविधानुअनुसार नै आएको बताएका छन्।

आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आइतबार अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलेले यस्तो बताएका हुन् ।

Advertisement

‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु’,

उनले भने, ‘कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ ।’

Advertisement

अर्थमन्त्री पौडेलले संविधानमा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था रहेको जानकारी दिए। पौडेलले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको दावी गरे ।

उनले बजेटले वर्तमान चुनौतीलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।

‘मैले पनि आलोचनाहरु सुनेको छु। काम चलाउ मात्र ल्याउनुपर्छ भनेर। यो समय कामचलाउन बजेट ल्याउने हो ? यसले काम गर्छ ? यत्रो महामारीसँग लड्नुपर्ने छ अनि कामचलाउ बजेट ल्याउनु जायज हुन्थ्यो ?’ पौडेलले प्रश्न गरे।

खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उनले स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top