×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

जनसंख्याको ८८ प्रतिशतमा इन्टरनेटको पहुँच

१७ जेष्ठ २०७८

१७ जेठ, काठमाडौं ।

नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड ६३ लाखभन्दा बढी पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो ८ महीनाको तथ्यांकले कुल २ करोड ६३ लाख ५६ हजार जनाभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाएको छ, जुन जनसंख्याको ८८ दशमलव २१ प्रतिशत हो ।

Advertisement
Advertisement

प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०)को आधारमा प्रतिवेदन तयार पारेको हो । सो अनुसार प्रतिवेदन बनाउँदा नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजारलाई आधार मानिएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा ९ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

इन्टरनेटमा सबैभन्दा धेरै योगदान मोबाइल डेटाको रहेको छ, जसको हिस्सा ६४ दशमलव शून्य ८ प्रतिशत छ । १ करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट पुगेको छ,

जसमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका ९० लाख ९४ हजार र एनसेलका २४ लाख ७० हजार प्रयोगकर्ता रहेको उल्लेख छ । गत माघसम्ममा मोबाइल इन्टरनेटका प्रयोगकर्ता १ करोड १३ लाख ५१ हजार रहेका थिए ।

त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका छन् ।

८ महीनामा एनसेलका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेका छन् । माघको तुलनामा फागुनमा कम्पनीको फोरजी इन्टरनेट प्रयोगकर्ता ५ लाख ३० हजार ८०६ जना बढेका हुन् ।

यस्तै सोही अवधिमा नेपाल टेलिकमको फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघको तुलनामा फागुनमा ४४ हजार ५७० जना बढेका हुन् ।

यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेका छन् । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् ।

Advertisement

सोही अवधिमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ८ लाख १२ हजार र एफटीटीएच इन्टरनेटका ५९ लाख ४२ हजारभन्दा बढी छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top