×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तिङ्करमा बीओपीको निर्माण नथाल्दै म्याद सकिन लाग्यो

१७ जेष्ठ २०७८

१७ जेष्ठ, दार्चुला ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरू भएको छैन।

असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू हुन नसकेको हो। व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो।

Advertisement
Advertisement

चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो। छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ।

भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ। सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य शुरू नै गरेको छैन।

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ। छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै शुरू हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताउँछन्‌। पुसदेखि चैत–वैशाखसम्मै हिमपात भयो।

हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैन, निर्माण व्यवसायी बमले भने, अहिले मौसम ठीक भएको छ। दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ। यो क्षेत्रमा निकै चिसो हुने गर्दछ।

यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ। सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो।

अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैन, निर्माण व्यवसायी बम भन्छन्‌, विकट ठाउँ छ। सामान ढुवानी गर्न लकडाउन छ। मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन। नेपालतिर बाटोको अवस्था थाहा नै छ।

सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि रु एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो। सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ।

गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ। व्यास–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ। सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै मास व्यासमा राखेको हो।

अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ। जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै

मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ। आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो।

भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ। सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो।

भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको थियो। भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ। भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो।

अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ। भवन निर्माणका लागि एङ्गल राख्ने काम शुरू गरिएको निर्माण व्यवसायी बमले बताए।

भवन निर्माण शुरू गरेका छौँ, असारभित्रै काम सकिन्छ, उनले भने, अहिले निषेधाज्ञाका कारण समयमै सामान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ।(रासस)

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top