१७ जेष्ठ, पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।
आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल खस्दा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाउँपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।
घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाईतेहरुको अवस्था सामान्य रहेको छ ।
एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेका छन् ।