×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शक्तिशाली मन्त्रालयसहित जसपाको ठाकुर पक्ष केही दिनभित्रै सरकारमा जाने

१७ जेष्ठ २०७८

१७ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ ।

Advertisement

सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको हो ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले आज प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन हुने र आफूहरू पनि सरकारमा सहभागी हुने कुरा छलफलमा भएको नेता कर्णले जानकारी दिए ।

सरकारमा जाने कुरा सके एक÷दुई दिनभित्रै, नसके यो हप्ताभित्र टुङ्गिने नेता कर्णको भनाइ छ । सरकारमा जाने भएपछि सम्मानजनक स्थानका लागि केही शक्तिशाली मन्त्रालय पाउने गरी कुरा भएको कर्णले जानकारी दिए ।

अहिले मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा आफूहरू धेरै केन्द्रित रहेको कर्णले बताए ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले भने सरकारमा जाने तयारी गरेको भन्दै ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ ।

Advertisement

यो पक्ष विपक्षी गठबन्धनसँगै प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको छ । जसपामा ठाकुर पक्षले पनि यादव पक्षलाई स्पष्टीकरण सोधिसकेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top