×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

७० प्रतिशत उद्योग–व्यवसाय कोरोनाबाट प्रभावित

१९ जेष्ठ २०७८

१९ जेठ, काठमाडौं ।

कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement

कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो अनुमान गरिएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकीमा ७५ प्रतिशत, बागमतीमा ६९ प्रतिशत, प्रदेश २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४.५ प्रतिशत, सुदूरपश्चिममा ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग–व्यवसायमा असर देखिएको महासङ्घले जनाएको छ ।
महासङ्घले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग–व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद गरेको थियो ।

प्राप्त विवरणअनुसार खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग–व्यवसाय, पिउने पानी, कृषिबाहेकका सबै क्षेत्रका उद्योग–व्यवसाय ठप्प छन् । पसलहरू बिहान तीन–चार घण्टा मात्र खुल्ने गरेका छन् ।

दोस्रो लहरको कोभिड सङ्क्रमणको विस्तार भएसँगै महासङ्घले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आमसर्वसाधारणको साथमा रहेको प्रतिबद्धता जनाउँदै सबै सञ्जाल परिचालित गरिएको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार यसबीचमा करिब एक सयवटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरू यतिबेला कुनै न कुनै रूपमा मानवीय सहायतासँग जोडिएका छन् ।

Advertisement
Advertisement

महासङ्घका केही सदस्य उद्योग वाणिज्य सङ्घहरूले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आईसीयू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेका छन् । त्यस्तै कतिपय सङ्घहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top