पानीमा डुबेर मृत्यु

पानीमा डुबेर मृत्यु

विराटनगर, असार १२ः सुनसरीको कोशी गाउँपालिका ८ स्थित पूर्वी नहरमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

ईनरुवा नगरपालिका ६ बस्ने अन्दाजी ३६ वर्र्षीय पप्पु साहको डुबेर मृत्यु भएकोे जानकारी प्राप्त भएको हो।

साहलाई स्थानीयले नहरमा डुबी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनासम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.