एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित, एकता जोगाउने कसरत

२० जेठ, काठमाडौं ।

Advertisement

नेकपा एमालेले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबार ४ बजेलाई तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Advertisement

पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित भएको थियो ।

स्थायी कमिटीको आठौँ बैठक गत १८ गते बसेको थियो । बैठकले पार्टी एकता जोगाउन अन्तिमसम्म कसरत गर्ने निर्णय गरेको थियो । १२ जनालाई सोधिएको स्पष्टीकरण कार्यसूचीमा समेत राखेको थिएन ।

Advertisement

आज पनि एकता जोगाउनकै लागि बैठक सारिएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top