×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

जसपा विवादको असर प्रदेश-२ माः सरकार फेरबदलको तयारीसहित उपेन्द्र यादव जनकपुरमा

२२ जेष्ठ २०७८

२२ जेठ, काठमााडौँ ।

जनता समाजवादी पार्टी (जसपा)नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ ।

Advertisement
Advertisement

जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश सरकारको जिम्मेवारी परिवर्तनको रणनीति बनाउन शुक्रबार नै जनकपुर पुगिसकेका छन् ।

उनले ठाकुर–महतो पक्षका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ । यादव २÷३ दिन जनकपुर रहने पार्टी स्रोतले जनाएको छ ।

प्रदेश सरकारमा कांग्रेससँग सहकार्यका लागि शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग समेत छलफल गरेका छन् । जसपामा विवाद चुलिएपछि अध्यक्ष यादव प्रदेश सरकार बचाउन कांग्रेस उपसभापति निधिलाई भेटेका हुन् ।

ठाकुर पक्षले पनि कांग्रेसलाई सरकार बनाउन सहयोग मागेको छ । अध्यक्ष ठाकुरले यसअघि नै राउतलाई मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन निर्देशन दिइसकेको जनाइएको छ ।

सुमनलाई नेकपा (एमाले) ओली पक्षको समर्थन रहने स्थिति छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि काँग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा भिडेका छन् ।

जसपाको दुवै पक्षले सरकार बनाउन सहयोग मागेपछि कांग्रेस प्रदेश २ का प्रदेश सांसद छलफलमा समेत जुटेका छन् ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो ।

Advertisement

जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top