×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश ः प्रम ओली

१३ असार २०७५

काठमाडौँ, असार १३

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

Advertisement

हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद््घाटनका क्रममा आज उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताए ।

प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गरे ।

विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उनले भने, “भूकम्पले मानवीय र भौतिक क्षति पु¥याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।

कार्यक्रममा अमेरिकी दूतावासका कार्यवाहक राजदूत पिटर मालनाकले नेपाली तथा अमेरिकी सांस्कृतिक सम्पदाविद्हरूबीचको सहकार्यमार्फत गद्दी बैठकको जीर्णोद्धार तथा भूकम्पीय प्रवलीकरण गर्ने मौका जुरेको बताए ।

उनले भने, “गद्दी बैठक नेपाली सांस्कृतिक सम्पदा तथा इतिहासको अति महत्वपूर्ण संरचनामध्ये एक हो, हाम्रा सरकार र समुदायबीचको सहकार्यका कारण यो परिणाम सम्भव भएको हो ।”

यस सम्पदास्थलको जीर्णोद्धारमा भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इञ्जिनियरले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्त आर्किटेक्टसँग सहकार्य गरेका थिए । गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री र विधि प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओली र कार्यवाहक राजदूत मालनाकले हनुमानढोका दरबार क्षेत्रमै अवस्थित १७औँ र १८औँ शताब्दीमा निर्माण भई हालै जीर्णोद्धार तथा पुनःनिर्माण गरिएका महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरको समेत समुद्घाटन गरेका थिए।

एएफसिपीको दुई लाख अमेरिकी डलर सहयोगमा भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपिटी)ले नेवारी शैलीका यी स्मारकको जीर्णोद्धार र प्रवलीकरण सम्पन्न गरेको हो ।

एएफसिपी कार्यक्रमले विश्वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । एएफसिपी अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रम हो ।

सन् २००१ देखि एएफसिपीले १२५ भन्दा धेरै मुलुकमा ८५० भन्दाबढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको अमेरिकी दूतावासले जनाएको छ । विगत दुई दशकमा एएफसिपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना सम्पन्न भइसकेका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top