भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गयो

२५ जेठ, एजेन्सी ।

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

Scroll to Top