चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

२५ जेठ, एजेन्सी ।

Advertisement

चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।

चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो ।

Advertisement

तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ ।

यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धको १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो खोपलाई गएको हप्तामात्र विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अनुमति दिएको थियो ।

Advertisement

सिनोभ्याकका सीइओ यीन एइदोङले तीन वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा दुई चरणमा गरिएको परीक्षणमा सिनोभ्याकको खोप १८ वर्षभन्दा माथिकालाई जत्तिकै प्रभावकारी देखिएको बताउनुभएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका प्रभावित भएका र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन भइरहेको बेला बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने निर्णयलाई महत्त्वपूर्ण मानिएको छ ।

दैनिक एक करोड ४० लाख डोज कोरोना विरुद्धको खोप लगाइरहेको चीनले केही समयमै बालबालिकालाई खोप दिन सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top